दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
२८ जेष्ठ २०८०, आईतवार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर ४०.४८ को अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार उच्च अंकले बढेसँगै भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको आइपीओमा सर्किट लागेको छ । यसका साथै, आज गूहेश्वरी मर्चेन्टको शेयरमूल्य ८.७०, रिलायन्स फाइनान्सको ८.३६, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८.३१ प्रतिशतले शेयरमूल्य बढेको छ ।