४० अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा कारोबार साढे ३ अर्ब
२८ जेष्ठ २०८०, आईतवार १५:१०

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । गत साता घटबढको उतारचढाव देखिएको नेप्से परिसूचक आज ४० अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।
लगानीकर्ताहरुले माग राख्दै आइरहेको पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने माग सम्बोधन भएपछि पुँजीबजारमा एकाएक सुधार देखिन थालेको हो । आज नेप्सेमा सूचीकृत २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक फाइनान्स इन्डेक्स ५.७२ प्रतिशत र लगानी इन्डेक्स ५.११ प्रतिशतले बृद्धि भएको छ ।