डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो

२८ जेष्ठ २०८०, आईतवार १६:२३

काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । धितोपत्रको प्राथमिक बजारमा आस्वा प्रणाली र धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली संचालनमा ल्याएपश्चात यसमा लगानीकर्ताहरूको उपस्थिति ठुलो मात्रामा बढ्न पुगेको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डका अनुसार सर्वसाधारणले वैशाख मसान्तसम्म ५६ लाख ६५ हजार ४ सय ८६ डिम्याट खाता संचालन गरी कारोबार गरिरहेका छन् । बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या आर्थिक वर्ष २०७७।७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो ।

आर्थिक वर्ष २०७८।७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५२ लाख ६० हजार २ सय ५१ पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*