मुक्तिनाथ क्यापिटलको संस्थापक शेयर बिक्रीमा

२९ जेष्ठ २०८०, सोमबार ०९:२८

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*