रावा इनर्जी डेभलपमेन्टको आइपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउँदैछन् शेयर ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा दिउँसो ४ बजे हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले आवेदन दिएका थिए । यसर्थ कम्पनीको आइपीओ १०–१० कित्ताका दरले ६४ हजार ३६६ जनाले पाउनेछन् भने बाँकी ११ लाख १ हजार १६० जनाको हात रित्तो हुनेछ ।