नेपाल रिपब्लिक मिडियाको आईपीओमा ९ लाख बढीको आवेदन

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइपीओमा सोमबार साँझ ५ः०६ बजेसम्ममा ९ लाख ८३ हजार २०० जनाले आवेदन दिएका छन् । जुन सर्वसाधारणको लागि निष्काशन गरेको ३६ लाख १९ हजार ८९१ कित्ता शेयरको २.९६ गुणा बढी हुन आउँछ ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको छ ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात १ लाख ७४ हजार १२० कित्ता शेयर छुटाएको थियो । कर्मचारीलाई कुल शेयर मध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्ता सहित ३६ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने प्रत्याभुति कर्तामा लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।