धितोपत्र बोर्डबाट अनुमति पाएका सात नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशय पत्र, कहिलेदेखि आउँछ संचालनमा ?
२९ जेष्ठ २०८०, सोमबार १८:००

काठमाडौं । नेप्सेले बोर्डबाट पहिलो चरणमा अनुमति पाएकासात नयाँ ब्रोकर कम्पनीलाई आश्यपत्र प्रदान गरेको छ। आजको बैठकले सात नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको नेप्सेले जनाएको छ।नेप्सेले नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा अनुमति पाएका सात ब्रोकर कम्पनीलाई एलओआई दिएको हो।
“हामीले सात ब्रोकर कम्पनीलाई एलओआइ दिएका छौ” नेप्से सिईओ कार्कीले बीमापोष्टलाई बताएका छन् ।
उनका अनुसार एलओआइ पाउनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।उनीहरूलाई नेप्सेको कारोबार सदस्यताको लागि एलओआइ दिइएको हो।