नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको लाईसेन्स प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन, अर्थ समितिले काट्यो पत्र

२९ जेष्ठ २०८०, सोमबार २१:४२

काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन दिएको छ ।१८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिब्या रोक्न निर्देशन दिएको छ ।

यसमध्ये ७ वटाले नेप्सेबाट समेत सञ्चालनका लागि एलओआई पाइसकेका छन् । यसरी अनुमति पाएका कम्पनीहरुले कार्यालयसमेत स्थापना गरिसकेका छन् । अब उनीहरुले औपचारिकरुपपै सञ्चालन तयारी गरिरहेका छन् । यस्तो अवस्थामा पनि संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिया रोक्न निर्देशन दिएको छ । यसले अझै पनि यो प्रक्रिया अघि बढ्न नदिनका लागि पर्दा पछाडिबाट केही समूहहरु लागिरहेको स्पष्ट भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*