यस्तो छ आजको सुनचाँदीको मूल्य
३० जेष्ठ २०८०, मंगलवार ११:०२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।