ग्रीन भेन्चर्सको खुद नाफामा उछाल, इपीएस कति ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले आर्जन गरेको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ३४९.३९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले जम्मा ६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०१.११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्मसम्म कम्पनीले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २० करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिटेन्ड अर्निङ १३ करोड ६२ लाख रुपैयाँले ऋणात्मक थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २.६४ रुपैयाँबाट बढेर ९.६५ रुपैयाँ पुगेको छ । पीई रेसियो ४३.३४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.६६ रुपैयाँ रहेको छ ।