बैशाख महिनामा १० हजार बीमा पोलिसी सरेण्डर, एक अर्ब ३० करोड फिर्ता, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको सबैभन्दा कम

३० जेष्ठ २०८०, मंगलवार १३:२६

काठमाडौं । चालु आवको बैशाख महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुबाट दश हजार भन्दा बढि बीमा पोलिसी सरेण्डर भएको छ । मिस सेलिङ, आर्थिक संकट तथा अन्य कारणले जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्ने क्रम बढिरहेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार बैशाख महिनामा मात्रै १० हजार ७९७ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । सो बापत बीमितहरुले बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख ७० हजार रुपैयाँ रकम बुझेका छन् । साथै सो बापत करिब ५० अर्ब रुपैयाँ उनीहरुले गुमाएको अनुमान गरिएको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर एशियन लाइफबाट भएको छ । सो कम्पनीबाट दुई हजार ६७६ वटा बीमा पोलिसी सरेण्डर भएको छ । सो बापत बीमितले ३१ करोड ८५ लख रुपैयाँ पाएका छन् । त्यस्तै रकमको आधारमा सबैभन्दा धेरै नेपाल लाइफमा भएको छ । सो कम्पनीमा ३१ करोड ९८ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ ।

सबैभन्दा कम सन नेपाल लाइफ र महालक्ष्मी लाइफको बीमा पोलिसी सरेण्डर भएको छ । सो कम्पनीको क्रमशः ५२ र ४८ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।

सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानका १४४२ वटा बीमा पोलिसी सरेण्डर हुँदा एलआईसी नेपालको १४८३ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*