शेयबजारमा कारोबार ४ अर्ब नाघ्यो, यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी
३० जेष्ठ २०८०, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा हरियाली छाएसँगै आज कारोबार रकम पनि ४ अर्ब नाघेको छ । शेयरबजारमा ४ अर्ब १० करोड माथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको २७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख, सोल्टी होटल लिमिटेडको १२ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।