आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३० जेष्ठ २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंजगलबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज ३४.१७ अंकले बढेर २०२० को विन्दुमा पुगेको छ ।
शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीको शेयरमूल्यमा भने सामान्य रुपले गिरावट आएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये प्रभु स्मार्ट फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, आज सिटिजन्स म्युचुअल फण्ड २, युनिलिभर नेपाल लिमिटेड, सानिमा लार्ज क्याप फण्ड लगायत अन्य कम्पनीको शेयरमा सामान्य गिरावट आएको छ ।