रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड, ६४ हजार बढी जनाले पाए शेयर

३० जेष्ठ २०८०, मंगलवार १६:१९

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ आज (मंगलबार) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बिक्री प्रबन्धककै कार्यालयमा आज दिउँसो ४ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको हुँदा क्यापिटलले आइपीओ गोलाप्रथा मार्फत बाँडफाँड गरेको छ ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानीकोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले आवेदन दिएका थिए । यसर्थ कम्पनीको आइपीओ १०–१० कित्ताका दरले ६४ हजार ३६६ जनाले पाएका छन् भने बाँकी ११ लाख १ हजार १६० जनाको हात रित्तो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*