ज्योति क्यापिटलको संचालकमा अविनाश उप्रती नियुक्त
३० जेष्ठ २०८०, मंगलवार १७:३१

काठमाडौं । ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेति नियुक्त भएका छन् । क्यापिटलको सोमवार (जेठ २९ गते) बसेको सञ्चालक समितिको निर्णयले उप्रेतीलाई संचालकमा नियुक्त गरेको हो ।
उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएको क्यापिटलले जनाएको छ । संचालक समितिले (जेठ २९ गते) देखि लागू हुने गरी उनलाई संचालकमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा ज्योति क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा कम्पनी विश्वस्त रहेको छ।