यस्तो छ बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताको विवरण

३० जेष्ठ २०८०, मंगलवार १८:२३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्र्न स्वीकृति दिएको कम्पनीको संख्या १३५ पुगेको छ।

बोर्डले थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेसँगै यो संख्या बढेर १३५ पुगेको हो। सेबोनले पछिल्लोपटक राष्ट्रिय वाणिज्य बैंक, एनआईबिएल सुलभ इन्भेस्टमेन्ट फन्ड–२, लागत इन्भेस्टमेन्ट प्रालि र ट्रु नर्थ एसोसिएट्स प्रालिलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।

यीसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या १३५ पुगेको छ। यसअघि १३१ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरेको थियो।

RdVnXJ4akp8J1c5oBouEULcRpdIbNTw9cGX6HmeX

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*