आईपीओ निष्काशनको लागि दुई कम्पनीले धितोपत्र बोर्डमा दियो आवेदन, कुनले कति ?

काठमाडौं। आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दिएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क सानिमा हाइड्रोपावरले बोर्डमा आइपीओ निष्काशनको लागि आवेदन दिएको हो ।
कान्तिपुर टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
त्यस्तै, सानिमा हाइड्रोपावरले २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
यी दुबै कम्पनीले सेबोनको स्वीकृती पाएपछि आईपीओको थप प्रक्रिया अगाडी बढाउनेछन् ।