अप्पर स्याङ्गे हाईड्रोपावरको पहिलो चरणको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दाहरुको लागि यहि जेठ १ गतेदेखि १९ गतेसम्म जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो । उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिएका थिए ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसमा अन्तिम समयसम्ममा रितपुर्वक आवेदन दिने ६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट https://www.siddharthacapital.com/ अथावा, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेभसाईट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिने छ ।
त्यस्तै, बिक्री प्रबनधकका अनुसार यहि जेठ ३२ गतेदेखि सम्बन्धित आवेदकहरुले आफुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता गरिने व्यवस्था मिलाएको छ ।