निरन्तर शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै, आज अन्य कुनको भयो सर्वाधिक कारोबार
३२ जेष्ठ २०८०, बिहीबार १५:०२

काठमाडौं। नेप्से ५ अंकले बढ्दा २०४२।०७ मा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।
आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, नेपाल लाइफ , आइजीआई प्रुडेन्सियल, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावार, सूर्या ज्योति लाइफ, अपर तामाकोशी, नेपाल बैंक र चिलिमेको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ ।