४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

११ असार २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले बढेसँगै आज चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त, सिटी होटल, सिभिल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज माउन्टेन इनर्जि नेपाल लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*