प्रभु लाइफद्वारा कैलालीमा बीमा दावी भुक्तानी

१४ असार २०८०, बिहीबार ११:५५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीचुहा शाखा कार्यालयले बीमित अमर बहादुर टमटाको परिवारलाई दावी भुक्तानी गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र प्रसाद खनालले बीमा दावी बापतको ३ लाख १६ हजार रुपैयाँको चेक हस्तानान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष खनालले जीवन बीमा गर्नु भनेको मर्नेको लागि नभई बाच्नेको साहारा भएको बताएका छन् ।

कार्यक्रममा लम्किचुहा नगरपालिकाका १ का अध्यक्ष नेत्र प्रसाद खनाल, शाखा प्रमुख भिम खतिवडा, अप्रेसन इन्चार्ज निर्मला चलाउने लगायत अन्य स्थानीयको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*