रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति

१५ असार २०८०, शुक्रबार १६:४६

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीकले आईपीओ बिक्री गरेपश्चात चुक्ता पुँजी ४ अर्ब पुग्ने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । यो संगै प्रिमियममा आइपीओ निष्काशन गर्ने दोस्रो जिवन बीमा कम्पनी बनेको छ । कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*