जेठ मसान्तसम्ममा १२ अर्बमाथिको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा बीमितले कति गरे सरेण्डर ?(सूची सहित)

२० असार २०८०, बुधबार १२:०७

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा १२ अर्बमाथिको बीमा पोलिसी सरेण्डर भएका छन् । जेठ मसान्तसम्मा जीवन बीमा कम्पनीहरुमार्फत १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन बीमा कम्पनीका बीमितहरुले १२ अर्ब २ करोड ३१ लाख रुपैयाँ बराबरको ८६ हजार ३८० वटा बीमालेख सरेन्डर गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुका बीमितहरुले चालु आर्थिक वर्षको साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बीमालेख, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु त्याग गरेका थिए ।

यस्तै पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बीमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमालेख, चैतमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेख, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमालेख र जेठमा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु बीमितले त्याग गरेका हुन् ।

जेठमा मात्रै एक अर्ब बढीको पोलिसी त्याग, कुन कम्पनीको कति?

चालु आर्थिक वर्षको जेठमा मात्रै जीवन बीमा कम्पनीहरुका बीमितहरुले १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु त्याग गरेका छन् ।सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । जेठ महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये २९.३६ प्रतिशत अर्थात २ हजार ८५८ वटा बीमालेख वापत ४३ करोड ३९ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।

नेपाल लाइफ पछि एलआईसी नेपालको धेरै बीमालेखहरु सरेन्डर भएका छन् । एलआईसी नेपालका बीमितहरुले १३ करोड ८८ लाख रुपैयाँ बराबरको १ हजार ७११ वटा बीमालेखहरु सरेन्डर गरेका हुन् । यो कुल सरेण्डर पोलिसीको १७.६९ प्रतिशत हुन आउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*