सूर्यज्योति लाइफद्वारा ३८ लाख रुपैयाँको बीमा दावी भुक्तानी

२१ असार २०८०, बिहीबार ११:०७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले एकैदिन २ वटा गरि ३८,लाख ६७ हजार रुपैयाँको दावी रकम भुक्तानि गरेको जनाएको छ ।

कम्पनीले देवचुली–२,का ओम प्रकाश चौधरीको वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यू भई वैदेशिक रोजगारको म्यादि विमा वापत १४ लाख र सावाधिक जिवन विमा वापत १० लाख ६७ हजार गरि जम्मा रु२४ लाख ६७ हजार निजको श्रीमति शारदा चौधरीलाई शावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगरले हस्तान्तरण गरेको हो ।

त्यसै गरि मध्यविन्दु–११ का शतिस कुमाल वैदेशिक रोजगारको क्रममा दुर्घटनामा परि पूर्णरुपमा अशक्त भए वापतको रु १२ लाख दावि रकम निजको घरमा गई वडा अध्यक्षको रोहवरमा शाखा प्रमुख टोप बहादुर राना मगरले चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कावासोति शाखाका सेल्स एक्जुक्यटिभ गगन न्यौपाने सुचना आप्रवासन केन्द्रका सहजकर्ता टिका काफ्ले, मध्यविन्दु नगर पालिकाका रोजगार संयोजक शुभराना, एजेनिस म्यानेजर लिालवल्लव कंडेल, रिटर्नि भोलिन्टिएर कल्पना श्रेष्ठ लगाएत स्थानिय जनप्रतिधिहरुको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*