नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता

२२ असार २०८०, शुक्रबार ०५:०६

नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के। सी। तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन्।

यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्यांक, सूचना तथा जानकारीहरू आदान प्रदान गर्ने, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयको पहिचान गरी अघि बढ्ने लक्ष्य लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*