नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन

२२ असार २०८०, शुक्रबार ०८:१३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट पाइने आज अन्तिम दिन रहेको छ । यदि तपाईले नेपाल लाइफको बीमालेखको बीमाशुल्क समयमा तिर्न नसकी अप्ठेरो अवस्थामा पुगेको छ भने व्यतित बीमालेख नविकरण गर्दा कम्पनीले प्रदान गरेको छुटको फाइदा उठाएर नविकरण गराउन सक्नुहुनेछ ।

कम्पनीले व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिनेछ ।

कम्पनीले बीमालेखहरुमा जेठ १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट दिा लागेको एक सूचना मार्फत जानकारी दिएको थियो । सो अनुसार आज कार्यालय समयसम्म यस्तो छुट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*