साताको अन्तिम दिनको एलटिपीमा यस्तो देखियो जीवन बीमा कम्पनीहरुको अवस्था

२३ असार २०८०, शनिबार १३:१५

काठमाडौं । गतसाता पुँजि बजारमा खासै सुखद रहेन । तथापी अन्तिम दिन जीवन बीमा उपसूचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीहरुका कारण लगानीकर्ताहरु केही आशावादी बनेको देखिएको छ ।

साताको अन्तिम दिन ४ जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ३ वटाको घटेको छ तर प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १.५८ प्रतिशतले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्सको १.४३, एशियन लाइफको ०.५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.४१ प्रतिशतले बढेको छ । हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य क्रमशः २.३२, १.१० र ०.१७ प्रतिशतले घटेको छ ।

साता कारोबारको अन्तिम दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालको शेयर कारोबार सर्वाधिक १६०५ रुपैयाँमा कारोबार भएको छ । एशियन लाइफको ७४९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७४१ रुपैयाँमा शेयर कारोबार भएको छ । त्यस्तै सबैभन्दा कम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४६८ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*