प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको कम्पनीभन्दा दोस्रो बजारमा यी कम्पनीको शेयर किन्नु फाइदा (सूची सहित)

२६ असार २०८०, मंगलवार ११:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अहिले अधिकांश कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य थप गरी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नेे कम्पनीहरुले असार मसान्त र साउनको पहिलो सातादेखि आइपीओ निष्काशन गर्ने तयारीमा रहेका छन् ।

हालै पनि दुईवटा लाइफ इन्स्योरेन्स कम्पनीलाई बोर्डले प्रिमियम मूल्य थप गरेर आईपीओ निष्कासन गर्न बोर्डले अनुमति पनि दिएको छ ।बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ भने सिटिजन्य लाइफ इन्स्योरेन्स कम्पनीलाई २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

त्यसैगरी हाल निष्कासनमा रहेको आईएमई लाइफ इन्स्योरेन्स आईपीओ पनि प्रिमियम मूल्यमा जारी गरिएको छ । यो कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन गरेको छ ।

आईपीओ भर्दा आवेदकलाई पर्छ भन्ने हुँदैन । आईपीओ परे पनि नपरे पनि आवेदकले बैंकलाई पाँच रुपैयाँ शुल्क तिर्नु पर्ने हुन्छ । अनि १५ दिनसम्म बैंकमा पैसा रोक्का रहन्छ । १५ दिनसम्म पैसा रोक्का भएर आईपीओ नपर्न पनि सक्छ । तर, दोस्रो बजारमा प्रिमियम मूल्यको आईपीओभन्दा कम मूल्यमा नै वाणिज्य बैंकहरूको सेयर पाइन्छ ।

अहिले निष्कासनमा रहेको आईएमई लाइफको आईपीओको मूल्यभन्दा कम मूल्यमा १२ वाणिज्य बैंकको सेयर मूल्य कम छ । ५२ हप्ताको मूल्य हेर्दा साढे ३०० रुपैयाँभन्दा बढी पुगेको वाणिज्य बैंकको सेयर अहिले १५८ रुपैयाँसम्म झरेको छ ।

अहिले कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सन्राइज बैंक र लक्ष्मी बैंकको सेयर मूल्य डेढ सय रुपैयाँ रहेको छ । बैंकहरूले प्रत्येक वर्ष जसो लगानीकर्तालाई लाभांश पनि दिएका छन् । यी बैंकको सेयर किन्न आईपीओभन्दा सस्तो पर्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*