बिबाहमा मामाले भान्जिलाई दिए आईएमई लाइफको बीमा पोलिसी उपहार

२७ असार २०८०, बुधबार ११:१३

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

सोही कुरालाई आत्मसाथ गर्दै पेप्सिकोला शाखाका एजेन्सी मेनेजर बलराम तिमल्सिनाले आफ्नो भान्जिको बिबाहमा उज्वल दाम्पत्य भविष्यको शुभकामनासहित आईएमई लाइफ इन्स्योरेन्सको सरल जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

उनले बीमा पोलिसी उपहार दिने कार्यले आगामी दिनमा सबै जना जीवन बीमाको दायरामा समेटिन सक्ने बताएका छन् । साथै उनले जीवन बीमालाई अझ फराकिलो र बीमा प्रति आम नागरिकलाई उत्प्रेरित गर्न बीमा पोलिसी उपहार दिएको बताएका हुन् ।

उक्त बीमा पोलिसी उपहार कम्पनीका एजेन्सी मेनेजर तथा मनास्लु क्लब बिजेता सुबाश चौलागाई हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*