हिमालयन लाइफभित्र शंकास्पद गतिविधि, उच्च व्यवस्थापक नै संस्थापक शेयरकोे हिसाब गोलमालमा सरिक

२८ असार २०८०, बिहीबार १०:५१

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीमा सर्वाधिक व्यवसाय गर्दैै आएको शंकर ग्रुपले हिमालयन लाइफको शेयर एकैपटक बेचिएको बिषय अहिले चर्चाको बिषय बनेको छ।साविकको युनियन लाइफ, गुँरास लाइफ, प्राईम लाइफ मर्जर भई सयुक्त रुपमा एकिकृत कारोबार भईरहेको कम्पनीमा पछिल्लो समय कर्मचारी विवाद पनि मुछिदै गएको छ ।

मर्जरपश्चात् पनि कम्पनीभित्र आन्तरिक विवाद देखिएको कारण मर्जरपश्चात् कम्पनीबाट हात निकाल्ने संचालक देखिने भएको छ। कम्पनीका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोडको शेयर बिक्रिलाई कतिपयले कम्पनीको आन्तरिक विवाद र कतिपयले असारको अन्तिमको चटारोको बिषयलाई बुनेको छ।

उनले २ साताको अवधिमा झण्डै २८ करोडको सेयर बेचेका छन् । अग्रवालसँग साविकको युनियन लाइफ इन्स्योरेन्सको १९ दशमलव ९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक शेयर रहेको थियो ।कम्पनीको शेयर योजनाजद्ध ढंगबाट बेचिएको अर्कोतर्फको बुझाई छ। अग्रवालले ब्रोकर पनि शंकर गुप्रका एवं कम्पनीका सिईओ मनोजलाल कर्ण र युनियनतर्फको संचालकको सल्लाहमा उनले २७ करोडको शेयर बेचिएको स्रोतले जनाएको छ।

अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्णको श्रीमतीको ब्रोकरबाट भुकृटी स्टक ब्रोकर कम्पनीबाट एकैपटक बेचिएको बीमापोष्टलाई जानकारी प्राप्त भएको छ।उनले कम्पनीका सीइओ मनोज कुमारला कर्णकी श्रीमति सुधा कर्ण अध्यक्ष रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) बाट उक्त सेयर बिक्री गरेका हुन्।

अग्रवालले यो अवधिमा सेयर प्रतिकित्ता न्यूनतम ४९० रुपैयाँदेखि अधिकतम ५७४ रुपैयाँसम्ममा बिक्री गरेका छन् । अग्रवालले असार १२ गते ५० हजार ७२० रुपैयाँको सेयर बिक्री गरेका छन् । यस्तै असार १३ गते ११ करोड १० लाख, १७ गते ७ करोड ५१ लाख, २० गते १ करोड १५ लाख, २४ गते २ करोड ८० लाख र २५ गते आइतबार ५ करोड २० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेका छन् । शाहिलका दाजु शुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन् । युनियन लाइफमा पनि शुलभ नै अध्यक्ष थिए।

अहिले युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स मर्जर भएर वैशाख २६ देखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । यी कम्पनीहरु १ः१ अनुपातमा मर्ज भएका हुन् ।
युनियन लाइफ इन्स्योरेन्सले २०७८ असार २४ देखि २८ सम्म निष्कासन गरेको सेयर २०७८ असार ३१ गते बाँडफाँड गरेको थियो । सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाइने व्यवस्था छ ।

तर, अग्रवालले भने तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेपछि धितोपत्र बोर्डबाट संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत (कन्भर्जन) गराएर करिब २८ करोडको सेयर बिक्री गरेका हुन् । शाहिललाई सेयर बेच्न हिमालयन लाइफ इन्स्योरेन्सका सीइको मनोज कुमारलाल कर्णले सघाएका छन् ।
सीइओ कर्णकी पत्नी सुधा कर्ण अध्यक्ष रहेको ब्रोकर कम्पनीले अग्रवालको उक्त सेयर बिक्री गरेको हो । भृकुटी स्टक ब्रोकिङ कम्पनीमा सुधा कर्णको २ करोड ५० लाख रुपैयाँ लगानी छ । अर्थात् सुधासँग उक्त कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ ।

कानुन अनुसार कुनै पनि कम्पनीको सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन । ३ वर्षसम्म संस्थापक सेयरको लकिङ अवधि राखिनेछ ।
बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ अनुसारबीमकको संस्थापक सेयरधनीले बीमक दर्ता प्रमाणपत्र प्राप्त भएको मितिले कम्तीमा पाँच वर्षसम्म त्यस्तो सेयर बिक्री नामसारी गर्न, धितोबन्धक राखी ऋण लिन वा हक हस्तान्तरण गर्न वा सेयर समूह परिवर्तन गर्न गराउन पाउने छैनन् ।
तर, बीमकको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थिति श्रृजना हुन आएमा वा संस्थापक शेयरधनी संस्थालाई अन्य वित्तीय संस्थाले आफूमा गाभेमा वा प्राप्ति गरेमा वा शेयरधनीको मृत्यु भई हकवालामा नामसारी भइ जाने भएमा समितिको पूर्व स्वीकृति लिई नामसारी गर्न सक्नेछन् ।

निर्देशिका अनुसार मर्जरको सन्दर्भमा प्राधिकरणबाट स्वीकृति लिई नामसारी गर्न सक्नेछन् तर सेयर बिक्री गर्न भने पाइँदैन ।यता कम्पनीले नियामकको स्वीकृति अनुसार यही वैशाख १० गते संस्थापक समूहको ४४ लाख ५१ हजार ४ सय २४ दशमलव ५० कित्ता सेयर सर्वसाधारण समूहमा परिवर्तन गरियो।नयाँ बनेको हिमालयन लाइफको पछिल्लो कारोबार नियाल्दा संस्थापक सेयरधनीले नियतवश सेयर परिवर्तन गराएर करोडौँको सेयर बेचेका सपष्ट देख्न सकिन्छ ।

पछिल्ला केही साताको कम्पनीको फ्लोरसीट हेर्दा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको करोडौँको सेयर बेचेका छन् । दोस्रो बजारमा पनि शंकर गुप्रले केही गिरोही समूह नै लगाएर टप टेन खरिदबिक्रि र सर्किट लेभलको लिष्टमा रोखेको थियो । अर्कोतिर हेर्ने हो भने शंकर गुप्र निकट रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँगको निकटको कारण पनि हिमालयन लाइफलाईगल्तीको भागीदार भन्दा पनि अप्रत्यक्ष साक्षीदारको रुपमा रहेको कारण हमाल कम्पनी बचाउनतर्फ केन्द्रित हुने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*