नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा प्राधिकरणका निर्देशक सुवेदी ताेकियाे

२८ असार २०८०, बिहीबार २०:०९

काठमाडाैं। नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी ताेकिएका छन् । प्राधिकरणले बीमा सम्बन्धी तालिम दिने संस्था इन्स्याेरेन्स इन्स्टीच्यूटकाे रिक्त सिइओ पदमा सुवेदीलाई ताेकिएकाे हाे ।

साे संस्थाकाे सिइओ रहेका भाेजराज शर्माकाे पदावधी सकिएपछि सिईओ पद रिक्त भएकाे थियाे ।

शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले अंग्रेजी संस्करणमा लेखेका बीमासम्वन्धी पुस्तकहरु ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ हुन् । सुवेदी विभिन्न अनुसन्धानसम्वन्धी प्रतिष्ठानमा समेत आवद्ध छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*