आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

२९ असार २०८०, शुक्रबार १०:२८

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।

ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा असार २८ गते सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबि फुयाँल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

विसं २०७४ असार असार २० मा नेपाल बीमा प्राधिकरण ९तत्कालिन बीमा समिति० बाट जीवन बीमाको कार्य गर्ने ईजाजतपत्र गरी कम्पनीले २०७४ साउन १ गतेदेखि बीमा व्यवसायको कार्य सञ्चालन गर्दै आएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब तथा जारी तथा चुक्ता पुँजी ४ अर्ब रहेको छ । नेपालभर १४० वटा शाखारउपशाखा कार्यालय रहेको यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको सेयरमध्ये हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरि सकिएको छ ।

यस्तै कम्पनीले २०८० असार २१ गतेदेखि मिति २०८० असार २५ गतेसम्म सर्वसाधारणको लागि सेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*