आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिले पाउछन् शेयर ?

२९ असार २०८०, शुक्रबार ११:१०

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार भोलि (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो । आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भईसकेको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना आवेदकबाट ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । आइएमई लाइफले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९ लाख ६० हजार जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*