आतंकवाद जाेखिम बहन काेष सञ्चालनकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई फिर्ता गर्ने प्राधिकरणकाे निर्णय (पत्र सहित)

२९ असार २०८०, शुक्रबार १९:००

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आतंकवाद जाेखिम बहन सम्बन्धी काेष नेपाल पुनर्बीमा कम्पनीलाई नै दिने निर्णय गरेकाे छ ।

बीमा प्राधिकरणले अर्थमन्त्री डा. प्रकाशशरण महतकाे कडा निर्देशनपछि आज सबै बीमा कम्पनीकाे नाममा निर्देशन जारी गर्दै आतंकवाद जाेखिम बहन काेषकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई दिन भनिएकाे छ । प्राधिकरणले यसअघिकाे निर्णय सच्याउँदै यस्ताे निर्णय गरेकाे हाे ।

निर्जिवन बीमा कम्पनीहरुको जोखिम समूह आरएमडिइसटीको दाबी व्यहाेर्न, पुनर्बीमाको व्यवस्था गर्न तथा सो सँग सम्बन्धित अन्य बीमा जोखिमहरुको भुक्तानी गर्ने काम नेपाल सरकारबाट २०६० सालमा जारी गरिएको आकस्मिक बीमा कोष संचालन नियामावली २०६० बमोजिम स्थापना भएको साविक आकस्मिक बीमा कोषले गर्दै आएकोमा सो बीमा कोषको हक, अधिकार, सम्पत्ती तथा दायित्व नेपाल सरकारको २०७१ सालको निर्णय अनुसार नेपाल पुनर्बीमा कम्पनीमा सर्ने व्यवस्था अनुरुप तत्काल उक्त कोष मार्फत हुँदै र कोषले पाँउदै आएको तथा व्यवस्थापन गर्दै आएको निर्जिवन बीमा कम्पनीहरुको जोखिम समूह अन्तर्गतको पुल व्यवसाय यथावत रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई उपल्ब्ध गराउन आग्रह निर्जिवन बीमा कम्पनीहरुलाई प्राधिकरणले आज निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*