एशियन लाइफको जनकपुर शाखाद्वारा बीमा दावी भुक्तानी

३१ असार २०८०, आईतवार ११:४७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखा कार्यालयलले ब्रेनइन्जोरी भई मृत्यु भएका मृतकको परिबारलाई कार्यालय दावी रकम वापतको ३ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले आयोजित गरेको कार्यक्रममा कम्पनीका जनकपुर शाखाका शाखा प्रबन्धक एश्वर्य कुमार कणल प्रस्तावक तथा बुवा शम्भू मण्डललाई दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

जेष्ठ २ गते धनुषा हंसपुर न.पा. वडा नं. ८ , झटियाही आफ्नै घरमा राती १० बजे बे्रन इन्जोरी भएको र उपचारको लागि बाहिर लैजान तयारी गर्ने क्रममा बीमित स्वगीर्य शिबानी मण्डलको घरमा नै मृत्यु भएको थियो । बैशाख ३१ मा प्रस्तावकको बहिनी तथा यस कम्पनीका अभिकर्ता रन्जु कुमारी देवी ले २ लाख ९७ हजार रुपैयाँको बीमा गरेका थिए ।

उक्त कार्यक्रममा कर्णले एशियन लाइफ इन्स्योरेन्स सदैव बीमितको हकिहित प्रति प्रतिबद्घ रहेको र दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो पीडितसम्म पुर्याउन आर्थिक वर्ष समाप्तीको कार्य व्यस्तताले पनि नरोकिने जानकारी गराए ।

उक्त बीमा दावी भुक्तानी कार्यक्रममा अभिकर्ता साथै प्रस्तावक मण्डलका श्रीमती, परिवारजन, तथा शाखाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*