बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

३१ असार २०८०, आईतवार १२:४३

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो ।

नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार यहि असार मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण नगरेमा स्वत लाइसेन्स खारेज हुने व्यवस्था रहेको छ । उक्त समयभित्र लाईसेन्स नविकरण नगराए बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजत स्वत रद्य गरिने प्राधिकरणका सहायक निर्देशन शम्भु प्रसाद मिश्रले बताएका छन् ।

म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्म र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*