जन्मदिनको अवसरमा मनपतिले दिए सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार

३१ असार २०८०, आईतवार १३:०४

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

सोही अन्तर्गत पोखरा–२५ हेमजाका संचालक मनपति तिम्सीनाले श्रीमतीलाई जन्म दिनको अवसरमा सानिमा रिलायन्स लाइफको बीमा पोलीसा उपहार दिएका छन । उनले आफनी श्रीमती मनु तिम्सीनाको असार २९ गते परेको जन्म दिनको अवसर पारेर कम्पनीको बिमा पोलीसी उपहार दिएका हुन ।

तिम्सीनाले कम्पनीको पोखरा–२ शाखाबाट २० लाख रुपैयाँको अग्रीम भुक्तानी बीमा योजना अन्तर्गत धनपति बीमा योजना खरिद गरेको पोखरा रिजनका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*