युनाइटेड अजोड इन्स्योरेन्सको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

३१ असार २०८०, आईतवार १५:३७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता पूँजी १ सय रुपैयाँको दरले शेयर सूचीकृत भएको हो ।

कम्पनीको शेयर शेयर आज सूचीकृत भएसँगै भोलि अर्थात सोमबारदेखि कारोबार गर्न सकिने भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

नेप्सेले दुबै कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का गरेको शेयर आज युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट सूचीकृत भएको छ ।

united ajod insurance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*