सन नेपाल लाइफले आजदेखि आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

१ श्रावण २०८०, सोमबार ०४:०५

काठमाडौं । सन नेपाल लाइफले आज (साउन १ गते)देखि आईपीओ बिक्री गर्दै छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा साउन १५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*