सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै ९ करोड बढी रुपैयाँको आवेदन

३१ असार २०८०, आईतवार १८:१२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि निष्काशन गरेको आइपीओमा ४ हजार ९३७ जनाको आवेदन परेको छ । सिडियस एण्ड क्लियरिङका अनुसार आज साझ ५ बजेसम्म कम्पनीको आइपीओमा ३ लाख ७५ लाख २८० कित्ता बराबर ९ करोड १५ लाख रुपैयाको आवेदन परेको छ ।

कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा आज असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाली बैंकमा खाता खोलेको अवस्थामा आईपिओ भर्न पाउनेछन् । यसको लागि नेपाली श्रमिक वैधानिक बाटोमार्फत अर्थात श्रम स्वीकृति लिएर विदेश गएको हुनुपर्नेछ ।

सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ताको कूल आइपिओ निष्काशन सुरु गरेको छ । सो मध्ये ११ लाख २५ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*