आईएमई लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम प्रदान गर्ने, कहाँ दिने आवेदन ?

१ श्रावण २०८०, सोमबार १०:०७

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो केन्द्रिय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयबाट तालिम सञ्चालन गर्ने जानकारी दिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा सञ्चालन हुने जीवन बीमा अभिकर्ता आधारभुत तालिमको विवरण कम्पनीले आफ्नो वेबसाईटमा राखेको जनाएको छ ।

कम्पनीले बीमा अभिकर्ता तालिममा सहभागि हुन इच्छुक व्यक्तिले आवश्यक शैक्षिक योग्यता सहितका कागजात संकलन गरी आफुलाई पायक पर्ने कम्पनीका कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*