बीमा प्राधिकरण अध्यक्ष सुर्य सिलवालका तीन वटा निर्णय खारेज गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको लिखित निर्देशन, नेपाल रि सम्बन्धी निर्णय सच्याइँदै

१ श्रावण २०८०, सोमबार २०:११

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी तत्कालिन बीमा समिति र हालको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालबाट भएका चार वटा निर्णयहरु सच्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएका छन् । अर्थमन्त्री डा. महतको निर्देशनसँगै अध्यक्ष सुर्य प्रसाद सिलवाल गम्भिर नैतिक संकटमा फस्न पुगेका छन् ।

अर्थमन्त्री डा. महतले गत शुक्रबार नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललाई अर्थमन्त्रालयमा बोलाएर यसअघि प्राधिकरणबाट भएका नेपाल पुनर्बीमा सम्बन्धी सबै प्रकारका निर्णयहरु सच्याउन लिखित निर्देशन दिएका हुन् । मन्त्री डा. महतको निर्देशनसँगै आतंकवाद जोखिम बहन कोष सम्बन्धमा अध्यक्ष सुर्य प्रसाद सिलवालको आदेशमा जारी निर्देशन कार्यकारी निर्देशक राजुरमण पौडेलले लिखित निर्देशन जारी गरेर खारेज भइसकेको छ ।

बाँकी रहेका तीन वटा निर्णयहरु सच्याउन बीमा प्राधिकरणले गृहकार्य सुरु गरेको छ । नेपाल पुनर्बीमा कम्पनी विरुद्धमा भएका अन्य निर्णयहरु कूल बीमाको प्रत्यक्ष हिस्सा, जीवन बीमाको शुल्क नेपाल पुनर्बीमा कम्पनीमा जानेछ । ति विषयमा सञ्चालक समितिबाट भएको निर्णयहरु सञ्चालक समितिमै लगेर सच्याउने तयारी भइरहेको छ । मन्त्री डा. महतले बीमा प्राधिकरण (बीमा समिति) बाट भएका निर्णयहरु तत्काल सच्याउन प्राधिकरणलाई लिखित निर्देशन दिएका हुन् ।

अर्थमन्त्री डा. महतको निर्देशनसँगै नेपाल पुनर्बीमा कम्पनीले अधिकांश सुविधाहरु पूर्ववत रुपमा पाउनेछ । बीमापोष्टले सुरुवातदेखि नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको अधिकार फिर्ता गर्न सम्झौताहिन लडाई लड्दै आएको छ ।

One thought on “बीमा प्राधिकरण अध्यक्ष सुर्य सिलवालका तीन वटा निर्णय खारेज गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको लिखित निर्देशन, नेपाल रि सम्बन्धी निर्णय सच्याइँदै

  1. Ujjal prasad tiwari says:

    Good job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*