एशियन लाइफद्वारा एक करोड २ लाख रुपैयाँ दाबी भुक्तानी 

२ श्रावण २०८०, मंगलवार १३:५२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । कम्पनीले बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त दावी भुक्तानी कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक तीन लाख ७१ हजार ७५० रुपैयाँ बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८।३।२९ गते दोहोरो बीमांक सुविधा सहित ५० लाख रुपैयाँ बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए  ।

बीमितबाट बीमाशुल्कको दुई किस्तावापत जम्मा ७ लाख ४३ हजार ५ सय रुपैयाँ भुक्तानी  प्राप्त  भएको कम्पनीले जनाएको छ । बीमालेखको बीमांक वापत ५० लाख रुपैयाँ दोहोरो बीमांक ९टु एक्स० वापतको ५० लाख रुपैयाँ र बोनश रकम समेत एक करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*