प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले लिईन् पद तथा गोपनियताको सपथ

२ श्रावण २०८०, मंगलवार १४:१०

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नब नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । उनले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट प्राधिकरणको कार्यालयमा आज (साउन २ गते ) पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

मर्जर प्रश्चात कम्पनीको असार १ गते बसको सञ्चालक समितिको बैंठकले उनलाई अध्यक्षमा चयन गरेको थियो । साथै बैंठकले संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त गरेको हो ।

उनले आज बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम साउन २ गते नवनिर्वाचित अध्यक्ष शिक्षा भट्टचनले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् ।

बीमा प्राधिकरणमा आयोजना गरेको पद तथा गोपनियताको शपद ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा प्राधिकरणका कार्यकारी निर्देश्क राजु रमण पौडेल, कम्पनीका सिइओ रमेश भट्राई र सिनियर डेपुटी सिईओ सन्तोष प्रसाईको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*