सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

२ श्रावण २०८०, मंगलवार १७:२२

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ मिनेटसम्ममा ८ हजार ७७७ जनाबाट ५ लाख ७२ हजार ५९० कित्ता बराबर १३ करोड ६८ लाख ४९ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ बजेसम्ममा १७ हजार १२१ जनाबाट १२ लाख ४५ हजार ६७० कित्ता बराबर ३२ करोड १ लाख ३७ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ बजेसम्ममा ११ हजार ९१९ जनाबाट ८ लाख ५९ हजार १२० कित्ता बराबर २० करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*