विदेशमा बस्नेहरुका लागि आईपीओ भर्ने सुवर्ण अवसर, तीन जीवन बीमा कम्पनीहरुको आईपीओमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?

२ श्रावण २०८०, मंगलवार १८:१२

काठमाडौं । वैदेशीक रोजगारको शिलशिलामा विदेश गएका नेपाली नागरिकलाई तीन जीवन बीमा कम्पनीहरुको आईपीओ भर्ने सुवर्ण अवसर रहेको छ ।

सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले हाल वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका नागरिकहरुको लागि पहिलो चरणको आइपीओ खुलाएको छ । कम्पनीहरुले प्रिमियममा आईपीओ बिक्री गरिरहेका छन् ।

१. सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफले (साउन १ गते) देखि बिक्री खुल्ला गरेको आईपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिने छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा साउन १५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

२. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणमा निष्काशन तथा बिक्री खुल्ला गरिने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

३. सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि र बाँकी रहेको १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ । कुल निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*