नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगियो, एक बर्ष समय थप

३ श्रावण २०८०, बुधबार ११:०९

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगिएको छ । क्यानाडामा सम्पन्न एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकले नेपाललाई सर्तसहित एक वर्षको समय थपिदिएको हो ।

आगामी एक वर्षपछि नेपालको प्रगतिको पुनः मूल्यांकन हुनेछ । त्यतिञ्जेलमा नेपालले शहकारी, घरजग्गा र बीमा क्षेत्रबाट भैरहेको सम्पति शुद्धीकरणलाई न्यूनीकरण गरेको प्रमाण पेश गर्नुपर्नेछ । नेपालले शंकाको सुबिधासहित एक वर्षको थप समय पाएको हो । यो अवधीमा छिटोछिटो ऐनहरु संसोधन गरेर सम्पति शद्धीकरणका सम्भावित क्षेत्रहरुमा कडा नियमन गरेको प्रमाण पेश गर्नुपर्ने सर्त नेपाल सामु राखिएको छ ।

एफएटिएफको टोली सामु नेपालका तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसद अधिकारी नेतृत्वको टोलीले आफ्नो प्रतिरक्षा गरेको थियो । अधिकारी नेतृत्वको टोलीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल सहभागी थिए ।

त्यस बाहेक प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल सहित नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ रावल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ थिए लगायत सहभागी थिए । बैठकमा सम्पति शुद्धीकरण बिभाग, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका प्रतिनिधीहरु समेत सहभागी थिए ।

विशेषगरी नेपालका सहकारी, घरजग्गा र बिमा क्षेत्रका गतिविधिमा अन्तर्राष्ट्रिय निकायको निगरानीमा रहेको बताइएको छ। २०६७ मा पनि नेपाल नकारात्मक सूचीको जोखिममा रहेको र तत्कालीन सरकारको कूटनीतिक पहल, कानुन निर्माण र कार्यान्वयनको प्रतिबद्धताले नकरात्मक सूचीमा पर्न बाट जोगिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*