सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

३ श्रावण २०८०, बुधबार १७:४१

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ मिनेटसम्ममा ११ हजार ४७९ जनाबाट ७ लाख ३५ हजार ५१० कित्ता बराबर १७ करोड ५७ लाख ८६ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ बजेसम्ममा १८ हजार ४५७ जनाबाट १३ लाख ३६ हजार ६२० कित्ता बराबर ३४ करोड ३५ लाख ११ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ बजेसम्ममा १३ हजार ९४३ जनाबाट ९ लाख ८७ हजार ७० कित्ता बराबर २४ करोड ८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*