जन्मदिनको अवसरमा पौडेलले श्रीमतीलाई दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार

४ श्रावण २०८०, बिहीबार १४:१६

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

सोही कुरालाई आत्मसाथ गर्दै काठमाडौ –४ निवासी शालिकराम पौडेलले आफ्नो श्रीमती गायत्री रुपाखेतीलाई ४३औ जन्मदिनको अवसर पारेर जिवन बीमा पोलिसी उपहार दिएका छन । पौडेलले जीवनसंगिनी गायत्रीलाई जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाख रुपैयाँ बिमान्कको जिवन बीमा दिएका हुन ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाबाट जिवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा पोलिसी हस्तान्तरण गरेका पौडेलले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

उनले खरिद गरेको बीमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थत ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको सिनियर एजेन्सी मेनेजर रिता पाण्डेयले बताईन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*