सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

४ श्रावण २०८०, बिहीबार १७:४३

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ४ गते) साझ ५ः४ मिनेटसम्ममा १३ हजार ५९८ जनाबाट ८ लाख ६५ हजार ७०० कित्ता बराबर २० करोड ६९ लाख २ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ४ गते) साझ ५ः४ बजेसम्ममा १९ हजार ६५७ जनाबाट १४ लाख १८ हजार १०० कित्ता बराबर ३६ करोड ४४ लाख ५१ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन २ गते) साझ ५ः४ बजेसम्ममा १५ हजार ६१४ जनाबाट १० लाख ९६ हजार ६० कित्ता बराबर २६ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*